१५ कार्तिक २०८३, आइतबार

तीन वर्ष कैद र १ करोड १५ लाख जरिवाना भएका फरार अभियुक्त पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, ४ असार । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले वैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र बिगो बमोजिमको १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।