१५ कार्तिक २०८३, आइतबार

थप २ हजार १४१ जना कोरोनामुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ असार । पछिल्लो २४ घण्टामा थप २ हजार १४१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ जना पुगेको छ ।

गत २४ घण्टामा थप २ हजार ६०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ७११ पीसीआर र ४ हजार ७७३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ जना रहेको छ ।

२४ घण्टामा थप ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५९७ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।