
काठमाडौँ, २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ६०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ७११ पीसीआर र ४ हजार ७७३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार १४१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ जना रहेको छ ।
२४ घण्टामा थप ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५९७ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया