१५ कार्तिक २०८३, आइतबार

१५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बारा, ३ असार । सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेश प्रसाद यादवलाई वुधबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त फिरौती रकम माग गरी १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनि पटक÷पटक फोन तथा मेसेज गरी फिरौती माग गरेको भन्ने अडियो सहितको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।