काठमाडौं, ३ असार । लोकसेवा आयोगले अहिलेसम्म रोकिएका सम्पूर्ण परीक्षा दशैंअघि सक्नेगरी आन्तरिक तयारी अघि बढाएको छ । आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले कोरोना भाइरस संक्रमणको दर कमभएलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्नका लागितयारी अवस्थामा रहनमातहतकानिकायलाई निर्देशनदिइसकेको बताउनुभएको छ ।
आयोगमा पदाधिकारी रिक्त रहेको र कोरोना महामारीका कारण आयोगका सम्पूर्ण परीक्षा रोकिएको अवस्थामा आन्तरिक तयारी अघि बढाइएको हो । गत चैत्र ११ गतेदेखि पदाधिकारी विहीनभएको आयोगमा संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको पदाधिकारी दशैंअगावै नियुक्तिभइसक्ने आँकलनगर्दै आयोगले आन्तरिक तयारी थालेको बताइएको छ ।आयोग पदाधिकारीविहीन भएपछि आयोगको नियमितकाममै समस्या पर्नुका साथै आयोगबाट सम्पादनहुने कर्मचारी भर्ना आह्वान, बढुवा, लिखित परीक्षा, नतिजाप्रकाशन, अन्तरर्वार्ता र नियुक्तिसिफारिसलगायतका सबै काम रोकिएको थियो । सेना र प्रहरीको नयाँभर्ना विज्ञापन र परीक्षाको नतिजाप्रकाशनपनि रोकिएको थियो ।
चालू आर्थिक वर्षका सबै विज्ञापन आयोगको वार्षिक कार्यतालिकाअनुसार नियमितरूपमाभएपनिकुनै पनिपदको परीक्षा सञ्चालनभएको छैन । रोकिएको परीक्षा सञ्चालन गर्न आवश्यकजनशक्तिचुस्त दुरुस्त राख्नुपर्नेलगायतकाथुप्रै कामबाँकी रहेको जानकारी दिँदै सचिव गुरागाईंले भन्नुभयो– ‘परीक्षा छिटो सक्न दुई सिफ्टमा पनिकाम गर्नुपर्ने खाँचो छ । आवश्यक सामग्री र जनशक्तितयारी गर्न आयोगले गृहकार्य गरिरहेको छ ।’आयोगकाप्रवक्तातोयनारायण सुवेदीले कार्यालय प्रमुखहरूले परीक्षा गर्न सकिने अवस्था रहेको जानकारी आयोगसमक्ष गराइसकेको बताउनुभयो । उहाँले आवश्यक सामग्री, जनशक्तिलगायत सबै कुरा चुस्त दुरुस्त रहनुपर्ने सम्बन्धमाआन्तरिक छलफल भइरहेको जानकारी पनिदिनुभयो । परीक्षाकेन्द्रतोक्नकालागि ठाउँको अभावहुन सक्ने भन्दै त्यसकालागिक्याम्पस र विद्यालयसँग समन्वय गर्ने विषयमापनि छलफल भइरहेको आयोगले जनाएको छ ।
संवैधानिक परिषद्को गत वैशाखमा बसेको बैठकले आयोगको अध्यक्ष मामाध वप्रसाद रेग्मीतथा सदस्यमामाधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारीलाई नियुक्त गरेको थियो । आयोगसहित संवैधानिकनिकायकाप्रमुख र पदाधिकारीको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट हुने प्रावधान छ । गत जेठ ८ गते प्रधानमन्त्री केपीशर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकाले ससंदीय सुनुवाइको काम रोकिएको हो ।संवैधानिक निकायमा नियुक्तिका सन्दर्भमा परिषद्ले संविधान उल्लङ्घन गर्दै आएको आरोप लागेको छ । प्रधानमन्त्री ओलीले संविधान मिच्दै ल्याएको परिषद्सम्बन्धी अध्या देशविरुद्ध सर्वोच्च अदालतमा दर्जनौं रिट निवेदन विचाराधीनअवस्थामा रहेका छन् । सुनिल महर्जनले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।















प्रतिक्रिया