
काठमाडौँ, १ असार । यस वर्ष आयोजना भइरहेको युरो कप २०२१ को सुरुवातसँगैै फुटबलका फ्यानहरु मात्र नभई अन्य सर्वसाधारणहरुमा समेत यसको उमङ्ग छाएको देख्न सकिन्छ ।
सो उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिली ‘प्रेडिक्ट एण्ड विन’क्याम्पेन ल्याएको छ ।
यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एस को १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउन सक्नुहुनेछ ।
यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नुहुनेछ ।
मोबाईल मनी को ’फोन–पे डैरेक्ट’ वा इनर बैंक फण्ड ट्रान्स्फर (आइबीएफटी) (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।
क्यम्पेनको अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकहरु मध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ ।
विजेता ग्राहक महानुभावहरुले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनुहुनेछ । जति धेरै पटक नगद ट्रान्स्फर गर्नुहुन्छ, त्यति नै धेरै जित्ने मौका पाउनुहुनेछ ।















प्रतिक्रिया