
काठमाडौँ, १ असार । धितोपत्र बोर्डमा सूचीकृत विभिन्न ५१ वटा कम्पनीको शेयर लगानी जोखिममा रहेको देखिएको छ ।
मंगलबार बोर्डले विज्ञप्ति निकालेर विभिन्न ५१ कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको जानकारी गराएको हो ।
बोर्डका अनुसार ५१ कम्पनीको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी रहेका छन् ।
शेयर बजार उच्च अङ्कमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले लहलहैमा लागेर नगर्न आग्रह गरेको छ ।















प्रतिक्रिया