शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोनाबाट जोगिन खानपान र व्यायामसँगै आत्मबल बढाउन सुझाव

दैनिक नेपाल २०७८ जेठ ३१ गते २१:२९

बागलुङ, ३१ जेठ । धवलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज राय यादवले कोरोना संक्रमणबाट जोगिनका लागि खानपान र व्यायाम तथा आत्मबल बढाउन ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र धवलागिरि आयुर्वेद औषधालयको संयुक्त आयोजनामा सोमबार भर्चुअल रुपमा आयोजित कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेद तथा योग चिकित्साको उपयोगिता विषयक कार्यक्रममा रायले यस्तो बताएका हुन् । ‘कोरोना भाइरसको अहिलेसम्म पनि औषधि पत्ता लागेको छैन, यसबाट बच्नका लागि शरिरमा रोक प्रतिरोधात्मक शक्ति बढाउनु पर्दछ,’ रायले भने, ‘रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि स्थानीय स्तरमा पाइने जटिबुटीजन्य चीजहरु समावेश भएको खाना र नियमित व्यायाम गर्न आवश्यक छ ।’

हाम्रो वरपर धेरै औषधीजन्य जडिबुटी तथा खाद्य सामग्रीहरु खेर गइरहेको भन्दै तिनको पहिचान गरी सदुपयोग गर्नका लागि सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा रायको जोड छ । कोरोनाका कारण सिर्जित संकटपूर्ण अवस्थामा मानिसहरुले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले कोरोना संक्रमणका बारेमा सबैलाई सचेत बनाउन सहकारी संस्थाहरुको जिम्मेवारी रहेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित