बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

भक्तपुरको शिलमहावीर चैत्य गुम्बा मन्दिरको गजुर चोरी

दैनिक नेपाल २०७८ जेठ ३१ गते २१:०५

भक्तपुर, ३१ जेठ । भक्तपुरको शिलमहावीर चैत्य गुम्बा मन्दिरको गजुर चोरी भएको छ ।

भक्तपुर नगरपालिका–१० कमलविनायक कोठान्डुस्थित उक्त मन्दिरको माथि राखिएको चाँदी र सुनको जलप लगाएको २ फिट उचाई भएको करिब ५ किलो तौलको गजुर सोमबार बिहान चोरी भएको प्रहरीले बताएको छ ।

चोरीमा संलग्न हाल फरार रहेकाले तिनको खोजी गरिरहेको तथा घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित