बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ओली समूहका ७ जना सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय

दैनिक नेपाल २०७८ जेठ ३१ गते २०:२९

फाइल तस्वीर

धनगढी, ३१ जेठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले संस्थापन समूहका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

संसदीय दलको आज सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै उनीहरूलाई निलम्बन गरेको हो । नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री रहेका त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै बहुमत संसदीय दलले यस्तो निर्णय गरेको बताइएको छ ।

निलम्बनमा पर्नेहरूमा लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मी छन् । उनीहरुलाई यसअघि दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।

बैठकले ७ जनामध्ये केहीलाई ७ दिन र केहीलाई १० दिनका लागि निलम्बन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित