बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

२४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २,३५९ वटा सवारीसाधन नियन्त्रणमा

दैनिक नेपाल २०७८ जेठ ३१ गते २०:२०

काठमाडौं, ३१ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ३५९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ६ सय ५४ वटा गाडी र १ हजार ७०५ वटा मोटरसाइकल छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय २५ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले बताएको छ ।

यसरी कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ९९९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४९२ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ४९ हजार ६०० रुपैयाँ जरीवाना गरिएको छ ।

सो क्रममा ३ हजार ८६१ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको ६४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ८८० जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिँदै आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित