शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एमालेको एकता बचाउन दुवै समूहका नेताहरू पुनः आन्तरिक छलफलमा

दैनिक नेपाल २०७८ जेठ ३१ गते २०:१३

काठमाडौं, ३१ जेठ । नेकपा एमालेको एकता बचाउन दुवै समूहका नेताहरू पुनः आन्तरिक छलफलमा जुटेका छन् ।

दोस्रो तहका नेताहरु जो यसअघि बनेको एकता कार्यदलमा पनि थिए उनीहरुले नै पुनः एकताका लागि छलफल शुरू गरेका हुन् । आज सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए ।

पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुबीच पनि सोमबार लामै समय छलफल भएको छ । गोकर्ण बिष्टको निवासमा भएको छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य लगायत नेताहरू सहभागी थिए ।

एमालेको दुई समूहबीच पछिल्लो समय बाक्लो भेटवार्ता भएको छ, तर सहमति जुटिसकेको छैन । यद्यपि नेताहरुबीचको छलफल सकारात्मक दिशातर्फ अगाडि बढेको बताइएको छ ।

सोमबार बिहान पनि नेता बामदेव गौतम र विष्णु पौडेलबीच लामो छलफल भएको छ । त्यसो त पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि २०७५ जेठ ३ गतेअघिकै अवस्थाको केन्द्रीय कमिटी बैठक बोलाउने तरबैठकमा आउनुपर्ने शर्त राखेकोसम्बन्धी समाचार बाहिर आइरहेको छ ।

त्यतिमात्र होइन, लुम्बिनी र बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पार्टी एक ढिक्का भएकै कारण पारित भएको अवस्था छ । यसबाट पनि अब पार्टी एकताको दिशामा गइरहेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित