७ कार्तिक २०८३, शनिबार

सर्वोच्चले पुनर्बहाली गराएको कर्णालीका चार जना सांसद एमालेमा फर्किए

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमालेमा फर्किएका छन् ।

आज सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका ती सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेसँगै उनीहरू नेकपा एमालेको संसदीय दलमा कायम भएका हुन् ।

‘एमाले प्रदेशसभा संसदीय दलको पत्रको आधारमा सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पुनर्बहाली भएको हो ।