मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

नर्भिक अस्पतालमा जेनेटिक ल्याबसहितको आइभीएफ सेन्टर सञ्चालनमा आउँदै

दैनिक नेपाल २०७८ जेठ ३१ गते १८:२६

काठमाडौं, ३१ जेठ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी असार २८ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

विभिन्न कारणले सन्तान नभएकाहरूका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन लागेको अस्पतालले जनाएको छ । चर्चित बरिष्ठ स्त्रीरोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टीमले नर्भिक आइभीएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्ने छ ।

डा. शर्माकाअनुसार नर्भिक अस्पतालको आइभीभएफ एण्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालहरूमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुने बताइएको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरूको प्रयोग गरी स्तरीय सेवा दिने तयारी अन्तिम चरणमा पुगेको डा. शर्माले जानकारी दिइन् ।

यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत सञ्चालन हुने छ । नेपालमा हालसम्म कुनै पनि आइभीएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध छैन । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरूमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्ने छ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाडौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्रीरोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छिन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरूका लागि उपचार सेवा उपलब्ध हुने बताएको छ ।

परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तानसम्बन्धी समस्या विकराल बन्दै गएको छ ।

बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरूमा बाँझोपन हुने अध्ययनहरूले देखाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित