७ कार्तिक २०८३, शनिबार

सञ्चारमन्त्री थापाद्वारा प्रेस काउन्सिल कार्यालयको अवलोकन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज प्रेस काउन्सिल नेपालको कार्यालय अवलोकन भ्रमण गरेकी छिन् ।

भ्रमणका क्रममा मन्त्री थापालाई प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्घय दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कर्मचारीहरूले स्वागत गरे ।

सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, निर्माणाधीन प्रेस सङ्ग्रहालयबारे जानकारी गराए ।

सोही अवसरमा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउनु भएको थियो । भ्रमणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सचिवालय महाशाखा/शाखाका अधिकारीहरूको उपस्थिति रहेको थियो ।