७ कार्तिक २०८३, शनिबार

२४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त, ५३ जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमित निको भएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुनेको यो संख्या कुल संक्रमितको ८७.८ प्रतिशत हो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ जना पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ९ हजार ४३८ जनाको आरटी–पीसीआर गर्दा २,०४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी आज २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख १० हजार ५२१ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६५ हजार ८०४ जना आइसोलेसन र ५३१ जना क्वारेन्टिनमा छन् ।