बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

वैद्यलाई पक्राउ गर्न सामुदायिकसहित विभिन्न दश वटा जनसंगठनको माग

दैनिक नेपाल २०७८ जेठ ३१ गते १५:४९

काठमाडौं, ३१ जेठ । सामुदायिकसहित नेकपा एमालेका विभिन्न दश वटा जनसंगठनले नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने उनलाई तत्काल गिरफ्तार गर्नुपर्ने एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिहरूको माग छ । उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्यको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

‘कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं’ उनीहरुको ज्ञापनपत्रमा भनिएको छ ।

हेर्नुहोस् ज्ञापनपत्र–

 

प्रतिक्रिया
सम्बन्धित