७ कार्तिक २०८३, शनिबार

पूर्वसांसद अधिकारीको निधन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवम् पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण समेत देखिएको थियो । त्यसपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा भर्ना गरिएको थियो ।

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले जनाएको छ । १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ–२ बाट निर्वाचित भएका थिए ।

स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।