शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सुत्केरी भैँसीलाई दश हजार भत्ता

दैनिक नेपाल २०७८ जेठ ३१ गते ७:१०

बनेपा । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ ।

नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको हो ।

नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले चुनावी प्रतिवद्धतालाई कार्यान्वयन गर्दै जाने क्रममा कृषि र पशुपालनमा नगरका किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रमको सुरुवात गरिएको बताएका छन् ।

नगरपालिकाले शुक्रबार वडा नम्बर १० बाट किसानलाई भैसी वितरण कार्यको सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा वडा नम्बर १० का ५५ जना पशुपालक किसानलाई थोरै भैसी वितरण गरिएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा भैसी वितरण गरिएको छ ।

नगर प्रमुख तिमल्सिनाका अनुसार दुधमा आत्मनिर्भर बनिसकेको नगरपालिकामा पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउन अनुदानमा भैसी वितरणको कार्य सुरु गरिएको छ ।

वडा नम्बर ९ का वडाध्यक्ष मेलवहादुर लामाले नगरपालिकाले कृषि र पशुपालन क्षेत्रको विकासका लागि विगतदेखि नै कार्य गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप यस वर्षदेखि उन्नत जातका भैसी वितरण गर्न थालिएको बताएका छन् ।

नगरमा कृषि र पशुपालन क्षेत्रको विकासका लागि थय कार्ययोजनासमेत बनाइएको उनले बताए । वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले वडामा वितरण गरिएका भैसीमध्ये सबैभन्दा पहिला सुत्केरी हुने भैसीपालक किसानलाई १० हजार रुपियाँ पुरस्कार दिने घोषणा पनि कार्यक्रममा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित