७ कार्तिक २०८३, शनिबार

एमाले नेता अशोकराज ढुंगेलको अगुवाइमा स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री प्रदान

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३० जेठ । नेकपा एमालेका नेता अशोकराज ढुंगेलको अगुवाइमा भक्तपुरको सूर्यविनाय नगरपालिका–५ कटुञ्जेस्थित स्वास्थ्य चौकीका लागि विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

हाल अमेरिकामा बसोबास गर्दै आएका कटुञ्जेका अमोद ढुंगेल, सुमन थापा, रञ्जन थापा तथा सशी ढुंगेलको नेतृत्वमा आर्थिक सहयोग संकलन गरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । विद्यमान कोरोना भाइरसको संक्रमणका कारण प्रभावित बनेका आफ्ना गाउँवासीको उपचार तथा स्वास्थ्यसेवा थोरै भए पनि सहज बनोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको उनीहरूले बताएका छन् ।

उनीहरूले सो स्वास्थ्य चौकीलाई ५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर १ थान, ४०/४० लिटर क्षमताका अक्सिजन सिलिण्डर २ थान, अक्सिमिटर २ थान, टीटी भ्याक्सिन ७०० थान, २/२ थान हस्पिटल बेड, हस्पिटल म्याट्रेस र हस्पिटल सिरानी प्रदान गरेका छन् । त्यस्तै थर्मोगन १ थान र अक्सिजन नोजल २ थानलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

उक्त सामग्री सूर्यविनायक नगरपालिकाका नगरप्रमुख र अन्य प्रतिनिधिहरूमार्फत कटुञ्जेस्थित स्वास्थ्य चौकीलाई आज आइतबार हस्तान्तरण गरिएको छ । कटुञ्जेका समाजसेवी रामबहादुर थापा, नेकपा एमालेका नेता समेत रहेका अशोकराज ढुंगेल, रञ्जनराज ढुंगेलको माध्यमबाट सो सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले उक्त स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सूर्यविनायक–५ का अध्यक्ष राजकुमार जोशीलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा नगरप्रमुख थापाले स्वास्थ्य सामग्री सहयोगका लागि अग्रसरता देखाउने तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै सुस्वास्थ्यको कामना समेत गरेका छन् ।