
काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्रीको पसल खोल्न दिइने भएको छ ।
आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै यस्तो निर्णय गरेका हुन् ।
बेठकले हार्डवेयर पसलसँगै खाद्यन्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसलहरु विहान ११ बजेसम्म खोल्न दिइने निर्णय गरेको छ । त्यसैगरी, अनलाइनबाट अर्डर लिएर होटल रेस्टुरेण्टहरुलाई पनि विहान ७ बजेबाट टेक अवे सेवाका लागि खुल्ला गर्ने निर्णय गरिएको छ ।
वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप एक साता थप्ने निर्णय भएको हो ।












प्रतिक्रिया