
काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गण्डकी प्रदेशमा नियुक्त भएका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वले जनतामा आशा जगाउन फरकपनाको आभाष दिलाउन सक्नुपर्ने बताएका छन् ।
वर्तमान अवस्थामा राजनीतिक गतिरोधले चारैतिर निराशा र आक्रोश बढाइरहेका बेला नवनियुक्त मुख्यमन्त्रीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । आज आइतबार ट्विटरमार्फत नवनियुक्त मुख्यमन्त्रीलाई शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् ।
‘गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक बधाई शुभकामना !,’ उनले लेखेका छन्, ‘राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको छ । झन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ । हार्दिक शुभकामना ।’















प्रतिक्रिया