
काठमाडौं, ३० जेठ । पहिरो गएपछि आइतबार बिहान ६ बजेदेखि बन्द भएको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी खुलेको छ ।
स्याङजा–पोखरा सडक खण्डको भालुपहाडमा बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । केहीबेर अघिदेखि भने सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । यो सडकले स्याङजा, पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।















प्रतिक्रिया