७ कार्तिक २०८३, शनिबार

ललितपुरको धापाखेलमा २४ वर्षीया महिला बलात्कृत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३० जेठ । ललितपुरको धापाखेलमा एक २४ वर्षीया महिला बलात्कृत भएकी छिन् ।

ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका–१ का २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।