७ कार्तिक २०८३, शनिबार

रौतहटमा श्रीमतीलाई एसिड छ्याप्ने दीपक विक पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३० जेठ । रौतहटमा श्रीमानले श्रीमतीलाई एसिड छ्यापेका छन् ।

चन्द्रपुर नगरपालिका–४ की ३८ वर्षीया दीपिका विकलाई श्रीमान दीपकले एसिड छ्यापेका प्रहरीले जनाएको छ । हिजो बेलुका घरायसी विवादमा दीपकले एसिड प्रहार गरेका खुलेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

दीपकलाई प्रहरीले हिजै बेलुका नै पक्राउ गरेको थियो । पीडित दीपिकाको बायाँ हातको पाखुरा, पेट र कम्मरमा एसिड परेको छ । उनको अपोलो अस्पताल चन्द्रपुरमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दीपक विकले चन्द्रपुरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् ।