
काठमाडौँ, ३० जेठ । नेपाली बजारमा सुनको मूल्य एकै दिन ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९३ हजार ९०० रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने शुक्रबारदेखि स्थिर रहेको छ । आइतबार पनि चाँदी एक हजार ३७० रुपैयाँमा कारोबार भएको छ ।















प्रतिक्रिया