
काठमाडौँ, ३० जेठ । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । बैठक आइतबार दिउँसो ३ बजे बस्न लागेको बताइएको छ ।
वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा अब बढाउने कि मोडालिटी परिवर्तन गर्नेबारे निर्णय हुने बताइएको छ । यसअिघ मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा थप्नेबारे परामर्श गरिएको छ ।
मोडालिटीबारे अहिलेसम्म निर्णय भइनसकेकोले आजको बैठकमा केही ठोस निर्णय हुने बताइएको छ ।
त्यस्तै, गृह मन्त्रालयले भने मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा थपिनेबारे गृह कार्य भइरहेको जनाएको छ ।












प्रतिक्रिया