७ कार्तिक २०८३, शनिबार

हरिसिद्धिस्थित सुनचाँदी पसलबाट २ लाख ६४ हजार रुपैयाँ बराबरका गहना चोरी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २९ जेठ । ललितपुरको हरिसिद्धिस्थित एक सुनचाँदी पसलबाट करिब २ लाख ६४ हजार रुपैयाँ बराबरका गहनाहरू चोरी भएका छन् ।

ललितपुर महानगरपालिका–२९ हरिसिद्धी चोकस्थित सो पसलबाट शुक्रबार राति उक्त परिमाणका गहनाहरू चोरी भएको प्रहरीले बताएको छ । धनकुटा पाख्रीबास घर भएका २९ वर्षीय बर्दान बिकले सञ्चालन गर्दै आएको पसलबाट अपरिचित व्यक्तिहरुले सटरको ताल्चा फोडेर उक्त गहनाहरू चोरी गरेको प्रहरीले बताएको छ ।

चोरीमा संलग्नहरू हाल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।