शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

दैनिक नेपाल २०७८ जेठ २९ गते १५:१५

काठमाडौं, २९ जेठ । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा. ३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने चितवन भरतपुर महानगरपालिका–२२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठी छन् ।

उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे जंगलस्थित सडकमा लु. १ च ५७२८ नम्बरको पिकअपले लु. ५९ प ३०४६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभूमि नगरपालिका–५ कटिहवा बस्ने २६ वर्षीय विजय कुमार यादव समेत २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित