७ कार्तिक २०८३, शनिबार

गृहमन्त्री अधिकारीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै दिए यस्तो निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले आज शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका छन् ।

निरीक्षणपश्चात गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई महत्वपूर्ण निर्देशन समेत दिएका छन् ।

सो क्रममा मन्त्री अधिकारीले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबै भन्दा प्रभावशाली सुरक्षा निकाय भएकाले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । घोषित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायत दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शीरमा राखेर अगाडि बढनुपर्नेमा मन्त्री अधिकारीले जोड दिएका छन् ।

कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउधनको सुरक्षाका लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले यस्ता कार्यमा अझ बढी सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

सीमित साधन श्रोतका बावजुद नेपाल प्रहरीलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको चर्चा गर्दै मन्त्री अधिकारीले यस सन्दर्भमा आवश्यक व्यवस्थापनका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको समेत बताएका छन् ।