
काठमाडौं, २९ जेठ । विश्व हिन्दू परिषद नेपालले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न परिस्थितिबाट प्रभावित बनेका विभिन्न क्षेत्र र वर्गका मानिसहरूलाई विभिन्न प्रकारको सहयोग गरेको छ ।
महामारीको दोस्रो लहर शुरु भएसँगै परिषदको सेवा विभागले देशका विभिन्न गाउँ तथा शहरहरुमा विभिन्न सेवा कार्य गरिरहेको छ । लकडाउनका कारण समस्यामा परेकाहरुलाई लक्षित गरी राहत वितरणको कार्यक्रमहरु समेत सञ्चालन गरेको परिषदले जानकारी दिएको छ ।
निषेधाज्ञाका कारण न्यून आय भएका तथा मजदुरी गरी जीवन निर्वाह गर्नेलाई खानाको समस्या उत्पन्न भएको अवस्थामा खाद्यान्न किट वितरण, संक्रमितहरुको सहायताका लागि आवश्यक चिकित्सकिय परामर्श सेवा, तथा निःशुल्क आयुर्वेदिक काढा वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको परिषद्ले जनाएको छ ।
परिषद्ले सेवा कार्यलाई निषेधाज्ञा अवधिभर निरन्तरता दिने बताएको छ ।















प्रतिक्रिया