७ कार्तिक २०८३, शनिबार

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिएका छन् ।

आज शनिबार संसदीय दलको सम्पन्न बैठकमा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम परिणाम दिने खालको भएकाले दलको तर्फबाट सर्वसम्मत पास गर्नका लागि मतदान गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै एमाले नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार नीति तथा कार्यक्रमलाई पास गर्ने गरी पक्षमा मतदान गर्न दलका सदस्यलाई अपिल गरेकी छिन् ।

पौडेलले शुक्रबार प्रदेशसभामा उठेका प्रश्नका बारेमा दलका सदस्यलाई प्रष्ट जवाफ समेत दिएका थिए ।