
काठमाडौं, २९ जेठ । आज नेपालमा पनि बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।
बालश्रम अन्त्यका लागि समाजकल्याण मन्त्रालयमार्फत् देशभरका स्थानीय तहले यो दिवसमा भर्चुअल माध्यमबाट विविध कार्यक्रम गरी मनाउने तयारी गरेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी पारित गरिएको दिनको अवसरमा हरेक वर्ष जुन १२ मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
सरकारी निकाय तथा बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुले दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् । कोरोना महामारीका कारण यो वर्ष औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।
१४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रममा र १६ वर्ष नपुगेकालाई निकृष्ट खाले बालश्रम तथा जोखिमयुक्त काममा लगाउन नपाउने कानूनी व्यवस्था छ ।















प्रतिक्रिया