७ कार्तिक २०८३, शनिबार

अग्नी सापकोटाको बैठकमा को–को छन् सहभागी ?

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक नयाँ बानेश्वरमा जारी छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूलाई समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छैनन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, नेमकिपाका प्रेम सुवाल, राप्रपाका दीपक बोहरालगायतको उपस्थिति छ ।

प्रतिनिधिसभा विघटन भएपछि सापकोटाले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।