बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मोडालिटी परिवर्तन गरेर काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

दैनिक नेपाल २०७८ जेठ २८ गते १४:४८

काठमाडौं, २८ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै एक साता लम्ब्याउने तयारी सरकारले गरेको छ ।

‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको भन्दै निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी भइरहेको हो । निषेधाज्ञा थप गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बारम्बार छलफल भइरहेको छ ।

यद्यपि निषेधाज्ञाको समय बढाइए पनि यसको विद्यमान मोडालिटी भने परिवर्तन गरिने बताइएको छ । अब थप हुने निषेधाज्ञाको समयमा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने तथा बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब १० बजेसम्म खुल्न दिइने तयारी छ ।

उपत्यकामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । त्यसपछि यसको मोडालिटीमा परिवर्तन गर्न सकिने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको छ । निषेधाज्ञा लम्ब्याउनुको कारणमा भीडभाड नै प्रमुख कारण रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित