बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बाख्रा चराउन गएकी महिलालाई च्याउ खोज्न गएका क्षेत्रबहादुरले गरे बलात्कार

दैनिक नेपाल २०७८ जेठ २८ गते १३:४८

काठमाडौं, २८ जेठ । रुपन्देहीमा बाख्रा चराउन गएकी महिलालाई च्याउ खोज्न गएका पुरुषले जबरजस्ती करणी गरेका छन् ।

सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती ३८ वर्षीया महिलालाई जंगलमा च्याउ खोज्न गएका सैनामैना नगरपालिका–२ उछीटिया बस्ने २६ वर्षीय क्षेत्रबहादुरले जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरिसकेको छ । साथै सोही महिलालाई सैनामैना नगरपालिका–२ सोरौलीका २१ वर्षीय सन्तोष रानाले जबरजस्ती करणीको प्रयास गरेको भन्दै उनलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैबीच बर्दियाकीे २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–५ बालापुर बस्ने १९ वर्षीय रुपेश थारुलाई पनि बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रुपेशले ती महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित