
काठमाडौं, २८ जेठ । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता अध्यादेशबारे सर्वोच्च अदालतले गरेको आदेश आफ्नै परमाधेशविपरीत भएको बताएका छन् ।
संविधानमा व्यवस्था गरिएबमोजिम हुबहु अध्यादेश आउँदा पनि सर्वोच्चले उल्टाइदिएकोमा उनले आश्चर्य समेत प्रकट गरेका छन् । मुख्यमन्त्री पोखरेलले आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘नागरिकतबाारे नै सर्वोच्चका परमादेश आएका थिए । तर उसैले उल्टाइदियो, धन्य छौं हामी ।’















प्रतिक्रिया