७ कार्तिक २०८३, शनिबार

नारायण वाग्ले र खगेन्द्र संग्रौलालगायत बालुवाटारबाट पक्राउ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । संक्रामक रोगको फैलावट तीव्र बनिरहेकै बेला सरकारको आदेशविपरीत नागरिक अगुवाको भेषमा सडकमा निस्किएका नारायण वाग्ले र खगेन्द्र संग्रौलालगायतलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सर्वोच्च अदालतको निर्णयविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै उनीहरुले विरोध जनाउँदै सडमा उत्रिएका थिए ।

विद्यमान अवस्थामा कुनै पनि प्रकारको भेला, जुलुश र विरोधका कार्यक्रमलाई पूर्णतः बन्देज लगाइएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।