शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नयाँ साइबरियल एआर एप्लिकेशनमार्फत भर्चुअल विश्व निमार्णलाई गति दिँदै ओपो

दैनिक नेपाल २०७८ जेठ २८ गते १०:११

शन्चन, २८ जेठ । ओपोले रियल(टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ ।

आफ्नै ईन(हाउस एआई ईञ्जिनको प्रयोगमार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाइँ प्रदान गरेको छ । ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिनेसम्म समग्र प्रक्रियामा विश्वसनीयताका साथै सहजतापनि प्रदान गर्छ ।

ओपोले आफ्ना फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ ।

डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि ब्यवसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ । ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा बृहत सहजता भ्यिाएको छ । पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोन मार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षम भएका छन् ।

स्मार्टफोनको माध्यमबाट स्क्यानिङ तथा डाटा संकलन गर्दै ओपो स्टाफ्स निरन्तर(विकासित एआई ईञ्जिनद्वारा सञ्चालित यो एप्लिकेशनले बृहत्त फ्ल्यागशिप स्टोर्सका थ्रीडी नमुना मात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ ।

यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यान गरिएका १२ हजार तस्विर प्रोशेसगर्ने क्षमता राख्छ । यो पछिल्लो संस्करणसंग तुलनागर्दा ४ गुणा तिब्र गति हो । यसरी स्क्यान गरिएका ईन्टेरियर्स मार्फत एप्लिकेशनले सहजरुपमा सटिक तथा तत्सम् थ्रीडी रिकन्स्ट्रक्शन गर्ने क्षमता राख्छ । ओपोको एआर एडिटिङ टूल मार्फत स्टाफले आफ्नो आवश्यता अनुसार एआर विषय बस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरणको निर्माण गर्न सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित