२९ आश्विन २०८३, बिहिबार

नेपालीको अनुरोधमा बेलायती मन्त्री र सांसदको सकारात्मक प्रतिक्रिया

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । विदेशमा बस्ने नेपालीहरूले कोरोनाको महामारीमा मातृभूमिको सहयोगको लागि आ–आफ्नो तर्फबाट बिभिन्न किसिमले सहयोग पुर्याइरहेका छन् ।

संस्थागत अथवा व्यक्तिगत रुपमा मेडिकल सामग्रीहरू पठाउने क्रम निरन्तर रुपमा चलिरहेको छ । संगसंगै बिकसित मुलुकमा रहेका नेपालीहरूले बिभिन्न माध्यमबाट त्यस मुलुकको सरकारको ध्यानाकर्षण गराउँदै मेडिकल सामग्री र भ्याक्सिनको लागि लबिङ्ग गरेका समाचार प्राप्त भइरहेका छन् ।

ती लबिङ्गको सम्बन्धित मन्त्री एवम् निकायहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् । यसै सिलसिलामा बेलायतमा रहेका शिवजी श्रेष्ठले आफ्नो क्षेत्रका सांसद एवम् पूर्व मन्त्री मारिया मिलरमार्फत बेलायती सरकारका दक्षिण एसिया तथा कमनवेल्थ मामिला मन्त्री लर्ड तारिक अहमले नेपाललाई अहिलेको कोरोना महामारी रोकथामको लागि सहयोग पुर्याउन गरेको अनुरोधको बारेमा सकारात्मक जवाफ प्राप्त भएको भनि सांसद मारिया मिलरले बेलायती मन्त्रीको पत्र सहित शिवजी श्रेष्ठलाई जानकारी गराएका छन् ।

शिवजी श्रेष्ठलाई सांसद मारिया मिलरले पठाएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका द्वन्द्व क्षेत्रमा सेक्सुयल हिंसा रोकथाम सम्बन्धि बिशेष प्रतिनिधि समेत रहेका मन्त्री लर्ड तारिक अहमदको पत्रमा नेपाललाई यस महामारीका बीच पुर्याएको सहयोगको फेहरिस्त सहित भ्याक्सिनको क्षेत्रमा पनि निरन्तर सहयोग गर्ने र नेपालको २० प्रतिशत जनतालाई बेलायत सरकारको तर्फबाट भ्याक्सिनको व्यवस्था गर्न लागिएको कुरा जनाइएको छ ।

सो पत्रमा कोरोना रोकथामको लागि हालसम्म ४० मिलियन पाउन्ड (नेपाली रुपियाँ ६ अरब ५६ करोड) सहयोग प्रदान गरिएको, जुन सहयोग २ लाख बीस हज्जार सो रोगबाट सम्भावित खतरामा रहेका नेपाली, १ लाख बीस हज्जार गर्भवती, सुत्केरी र बच्चाहरूको लागि र ४ लाख जनतालाई खानेपानी लगायतको लागि प्रयोग गरिनुको साथै नेपालको ५२ स्थानमा २१० ट्रक मेडिकल सामग्रीहरू पठाइएको कुरा उल्लेख गरिएको छ ।

सोहि पत्रमा नेपाल प्रहरी अस्पताललाई अक्सिजन उत्पादनको लागि सहयोग गरिएको कुरा पनि उल्लेख गरिएको छ ।

पत्रमा मुख्य कुरा कोभ्याक्स मेकानिज्मलाइ प्राथमिकता दिदै नेपालको २० प्रतिशत जनतालाई भ्याक्सिनको लागि सहयोग गर्न लागिएको जुन भनेको ५० लाख जनताको लागि भ्याक्सिन उपलब्ध गरौँ बेलायती सरकारको योजना देखिएको छ। सो कुरा एकदम सकारात्मक देखिन्छ ।

बेलायतस्थित दुतावास र एन आर एन युके सहित बिभिन्न संघसंस्थाहरुको सक्रियतामा यस अघि नै ठूलो मात्रामा अक्सिजन कन्संत्रेटर नेपाल पुगिसकेको छ ।

आ–आफ्नो क्षेत्रका सांसदहरूलाई त्यहाँस्थित नेपालीहरूले गरेको लबिङ्गमा यसरी सांसद अनि मन्त्रीको सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको र आगामी दिनमा पनि आफ्नो मातृभूमि नेपालको लागि मेडिकल सहयोग जुटाउन लागि यहाँ रहेका नेपालीहरू परिरहने कुरा शिवजी श्रेष्ठले बताए ।