शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‎कतार एयरवेजद्वारा आधिकारिक युुएफा यूरो २०२० पोडकास्टको प्रायोजन

दैनिक नेपाल २०७८ जेठ २६ गते १६:२५

दोहा, २६ जेठ । विशिष्ट फुटबल खेलाडी, विशेषज्ञ र सेलिब्रेटीहरूको एक टोलीले प्रतियोगिताको आधिकारिक एयरलाइन प्रायोजक कतार एयरवेजको सहयोगमा प्रस्तुत गरिने आधिकारिक युुएफा यूरो २०२० पोडकास्ट ‘द यूरो शो’ मा भाग लिनेछ ।

उक्त पोडकास्ट विशेषज्ञहरूको विश्लेषण, पर्दा पछाडिको अन्तर्वार्ता, टीम अपडेट र अन्य धेरै प्रस्तुति सहित सबै मुुख्य वेब, मोबाइल एप र सोशल मिडिया प्लेटफर्ममा प्रस्तुुत गरिने छ ।

फुटबल प्रशंसकहरूले पछिल्लो जानकारी प्राप्त गर्नेछन् र आफ्नै सोसल मिडिया खातामा शेयर गर्दै अन्य फुटबल प्रशंसकहरूसँग कुराकानी गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित