१५ कार्तिक २०८३, आइतबार

बाहिरी दलसँग सहकार्य गर्ने चरित्रका कारण एकतामा चुनौती भयाे: योगेश भट्टराई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

फाइल तस्वीर

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्रै छलफल तथा सहकार्य नगर्ने तर बाहिरी दलसँग संवाद र सहकार्य गर्ने चरित्रका कारण एकतामा चुनौती भएको बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै नेता भट्टराईले यस्तो जनाएका हुन् ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’, उनले लेखेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ?’

उनले यही कारणले पार्टीमा समस्या आएको भन्दै नेताहरुले गम्भीर रुपमा यस विषयमा छलफल गरी पार्टीको एकता जोगाउनुपर्ने उनको आशय छ ।