शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दक्षिण अफ्रिकामा यी महिलाले एकै पटक जन्माइन् १० जना शिशु

दैनिक नेपाल २०७८ जेठ २६ गते १४:०८

काठमाडौँ, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना शिशुलाई जन्म दिएकी छन् ।

३७ वर्षीय गोएसामे थामेरा सिथोला नाम गरेकी महिलाले ७ छोरा र ३ जना छोरीलाई जन्म दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

उनले यस अघि पनि जुम्ल्याहा बच्चा जन्माएकी बताइएको छ । सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी छन् । १० जना बच्चालाई शल्यक्रियामार्फत् जन्माइएको जनाइएको छ ।

सिथोलाका श्रीमान तेबोहो सोतेस्टसीले आफु १० सन्तानको अभिभावक बनेकोमा खुसी भएको बताएका छन् ।

यसअघि ९ जना बच्चालाई एकै पटक जन्म दिएको रकर्ड छ ।

प्रतिक्रिया
सम्बन्धित