बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पुरुषले मात्रै खाना पकाउने गाउँ

दैनिक नेपाल २०७८ जेठ २६ गते ९:०१

नयाँदिल्ली । भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरूको मात्र हुन्छ ।

भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ ।

गाउँका पुरुषहरूले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरूले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन् ।

पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरूमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ ।

वर्षको ६ महिना त उनीहरूले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् । परिवारका अन्य सदस्यहरू कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरू खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित