१५ कार्तिक २०८३, आइतबार

फ्लोर क्रस गर्ने ७ जना प्रदेशसभा सांसदलाई एमालेले सोध्यो स्पष्टिकरण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । नेकपा एमालेले सुदूरपश्चिममा पार्टीको निर्णयविरीत मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा विश्वासको मत दिने ७ जना सांसदलाई स्पष्टिकरण सोधेको छ ।

दलको निर्णय उल्लंघन गर्दै मंगलबार भट्टलाई विश्वासको मत दिने प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई पार्टीले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

प्रदेशका संसदीय दलका नेता प्रकाश शाहले २४ घण्टे स्पष्टिकरण सोध्दै समयसीमा भित्र चित्तवुझ्दो जवाफ नआए विधानअनुसार कारवाही गरिने पनि चेतावनी दिएका छन् ।

‘तपाईले नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको निर्देशन (ह्वीप) उल्लंघन गर्ने गम्भीर अनुशासनहीन कार्य किन गर्नुभएको हो स्पष्ट खुलाई जेठ २६ गते ५ बजेभित्र नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहोला’, स्पष्टीकरणमा उल्लेख छ, ‘निर्धारित समयभित्र स्पष्टिकरण पेश गर्नुभएन वा चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन भने तपाईलाई नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको विधान, २०७८ को माथि उल्लेखित व्यवस्था बमोजिम कारवाही हुने जानकारी गराइन्छ ।’