
काठमाडौँ, २२ जेठ । गत २४ घण्टामा थप ६ हजार ५७० जना कोरोमुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख ४ हजार ५३० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या ८४.७ प्रतिशत हो ।
गत २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५ हजार ६११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १५३ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ एक सय जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ जना रहेको छ ।
त्यस्तै, २४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया