१५ कार्तिक २०८३, आइतबार

चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामाग्री एमालेद्वारा नेपाल सरकारलाई हस्तान्तरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीले कोरोना नियन्त्रणका लागि दिएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।

पार्टीको कन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीले सद्भावस्वरुप दिएको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीलाई प्राप्त हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन ९५ मास्क १ लाख नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।