१५ कार्तिक २०८३, आइतबार

वागमतीको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २५ जेठ । बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक हुने भएको छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले जेठ २७ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् ।

बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौँ अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएका हुन् ।

बैठक जेठ २७ गते अपराह्न ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभाको गत जेठ १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो ।

सो छलफलपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।