शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली

दैनिक नेपाल २०७८ जेठ २५ गते १६:१४

काठमाडौँ, २५ जेठ । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रा.लि. सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ ।

यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ ।

यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।

थप रूपमा, बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्याउँछ ।

मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ ।

मेगा बैंकले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “ख“ वर्गको गण्डकी विकास बैंक लिमिटेडलाई आफ्नो संस्था गाभेको छ । मेगा बैंक लिमिटेडको लगभग ८ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १८० भन्दा बढि शाखाहरु रहेका छन् ।

एसबी सल्युसन प्रा.लि.ले हालसालै डिजी हब प्रा.लि. सँग पनि आफ्नो संस्था गाभेको छ । डिजी हब प्रा.लि (गैर आवासीय नेपाली) ग्रुप द्वारा पदोन्नति गरिएको संस्था हो र यसले एपीआईएमएस, १ लिंक, क्रेडिट(एक्स जस्ता विस्तृत प्रडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरिरहेको छ ।

डिजी हबले फाइनटेक र लेण्डिंग डिजिटाइजेनको कामसँगै क्रेडिट–एक्स, अनलाइन ऋण योग्यता, इन्स्टा ऋण, पेडे ऋण, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिंग प्रणालीमा क्रेडिट र ग्यारेन्टीहरू स्वचालित गर्न, मेमो व्यवस्थापन प्रणाली, बजेट प्रबन्धन प्रणाली र मोबाइल एप जस्ता प्रडक्टहरु दिईरहेको छ ।

हाल थप ४० भन्दा बढि वित्तीय संस्थान र कर्पोरेट संस्थाले एसबी सल्युसन प्रा.लि. तथा डिजि हब प्रा.लि ले निर्माण गरेको प्रणाली प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित