शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

न्याकको अध्यक्षमा डा.उप्रेती निर्वाचित

दैनिक नेपाल २०७८ जेठ २५ गते १०:४९

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को अध्यक्ष पदमा डा.मदन उप्रेती निर्वाचित भएका छन् । साथै उनको नेतृत्वमा सर्वसम्मतिबाट एघार सदस्यीय समिति समेत गठन भएको छ ।

११ सदस्यीय बोर्ड अफ ट्रस्टी समेत गठन भएको छ । गुठीको सभापतिमा अरुण रुपाखेती निर्वाचित भएका छन् । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)सन् २०१९ मा मात्र स्थापना भएको सामुदायिक केन्द्र हो ।

अन्तिम समयमा निर्वाचन सुरु हुनु भन्दा एक घण्टा अगाडी मात्र सर्वसम्मतिमा पुग्न सफल भै निर्वाचन प्रकिया नै स्थगित अर्थात बिधुतिय प्रणालीको माध्यमबाट तयारी अवस्थामा रहेको बिदेशी प्रतिष्ठानलाई रोक्न आदेश दिनु परेको थियो । निर्वाचन जुन ७–८ का दिन देखि मतदान हुने पूर्व सूचनालाई स्थगित गर्दै निर्वाचन समितिले बिजयी हुने उम्मेदवारहरुको नाम सार्वजनिक गरेका थिए ।

निर्वाचन समितिका प्रमुख डा श्याम कार्कीले सबै पदमा सर्वसम्मति भएकोमा खुशी व्यक्त गर्दै समितिलाई धन्यवाद दिए भने निर्वाचित हुने सबैलाई बधाई तथा शुभकामना दिएका छन् ।

जुन ७ का दिन सर्वसम्मतिमा कार्यकारी समिति तथा बोर्ड अफ ट्रस्टीका उम्मेदवारहरु निर्बिरोध निर्वाचित हुन् सफल भएका छन् ।

कार्यकारी समितिमा निर्वाचित हुनेहरूमा क्रमस अध्यक्षमा डा.उप्रेती, वरिष्ठ उपाध्यक्षमा ठाकुर ढकाल, उपाध्यक्षमा बीना खड्का लामा, महासचिवमा डा. लेखनाथ अधिकारी, कोषाध्यक्षमा केशव बराल तथा उप–कोषाध्यक्षमा हरि पुडासैनी बिजयी भएका छन् ।

सदस्यहरूमा क्रमस प्रेम पौडेल, तोया पौडेल, गुणराज लुइँटेल, प्रज्ञान आचार्य तथा लक्ष्मी शर्मा निर्वाचित भएका छन् । संस्थाको लेखा बिभाग र आर्थिक पक्षलाई चुस्त र दुरुस्त राख्न लेखा समिति सदस्यहरूमा राजन अधिकारी तथा ग्रिष्म दाहाल निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित